भिन्न भिन्न

ऊ पानी म आगो, हाम्रो जात मिलेन ऊ भोगी म भोको, हाम्रो साथ मिलेन मेरो आसु मेरो परिचय थियो ऊ खुसीहरुको पर्याय थियो म मासु लुस्ने, ऊ साग रुचाउने संगत कसरी बक्लिन्थ्यो, जब भाग मिलेन म उसमा खोट भेट्थे, आफू भित्र रोग देख्थे उसँग सपना थिए, म निरासाको सिरक भित्रै लुकिरन्थे म ईश्वर खोज्दथे, ऊ ईश्वर देख्दथ्यो ऊ उत्साह, म निरिह, हाम्रो थान मिलेन बाक्लिदै थियो सम्बन्धमा बादल, विश्वासको आकाश छोपिएपछी रंगिदै थियो एउटा बिरामी, मृत्युको एक दिन अगाडि बल्दै थियो किन दियो, निभ्नु अघि त्यति बढी सुक्दै थियो आशाको मुहान, भोगेपछि जिउनुको महँगी ...

September 18, 2023 · 1 min · Yogesh Sharma Neupane

Aastha

मानिसहरुको आस्था ईश्वर प्रति कति धेरै हुन्छ है, एउटा ७० नाघेका बुवा , ५००-१००० को लाइनमा हुनुहुन्थ्यो, मैले सोधें हजुर आराम गर्नुस्, अनि पछि परिवार छिर्ने बेलामा जाँदा हुदैँन? उहाँले आफ्नो धर्म खेर जाने तर्क राख्नुभयो। म सोचें, जीवन भरिका पाप मन्दिर आउँदैमा पखालिन्छ र? मठ मन्दिर, चर्च मश्चिद, देव मूर्ति त आस्थाका प्रतीक मात्र त हुन्, धर्म त आफ्नै कर्म हुनुपर्ने । नत्र जीवन भरी भ्रष्ट, शोसक अनि हिंसक भएका, मर्ने बेला गंगा स्नान गरेर स्वर्ग पुग्छन्? फेरि स्वर्ग नर्क त मन भित्रै छ, यही जीवन मै छ। मन लाई स्वस्थ राख्न सके, खुसियाली त आफैमा बसेको हो । हिजो भेट हुने कति भक्तजनहरु जीवनमा केही अप्ठ्यारा परेर देवी पुकार्दै थिए, कति भाकल पूरा भएर कुखुरा, बाख्रा डोर्याउदै थिए। कति बली को पक्ष विपक्ष मा तर्क केलाउँदै थिए । म घन्ट को आवाज मा आफैलाई खोज्दै थिए । भीडका अनेक पात्र को आँखा बाट बेग्लै बेग्लै संसार हेर्दै थिए, म बिस्तारै मौन हुँदै गए। अनि त्यहाँ थिएन न जात को कुरा, कहाँ थियो लिङ्ग, धर्म , भेग अनि रूप को विभेद, साना नानी देखि चाउरी परेका लौरी हरु सँगै सँगै प्रतीक्षा मा थिए, देवी भेट्ने अनि आफ्नो भाग माग्ने प्रतीक्षामा। फेरि म सोच्न पुगे, हैन सबै जना समस्या बोकेर आएका छन्, देवीले क कसको इच्छा पूरा गर्लिन् ? मलाई केही माग्नै मन लागेन । ...

September 3, 2023 · 2 min · Yogesh Sharma Neupane

अन्तिम दिन हो भने

यदि आजको दिन अन्तिम दिन हो भने म स्मरण गर्न चाहन्छु म सुकृया टक्राउँछु जल, हावा, अग्नि, माटो म मेरो अहम सेलाउँछु यदि मसँग आज बाहेक कुनै भोलि छैनन् भने म खुसी खुसी दुस्मनी टुक्राउन चाहन्छु शत्रुको मुस्कान मुस्कुराउन चाहन्छु मेरा अंग, अन्न्, अंस, अंसु र अक्षर यही अञ्जुलीमा अँगाल्न चाहन्छु म बिर्सन चाहन्छु डाहा, ईख, रिस र आवेग ले कोरिएका काहनीहरू बरु सम्झन्छु माया, दया, विश्वास र साहस ले कुँदिएका किस्सा हरु अनि माफी गरिदिनेछु मेरो इतिहासलाई हाँसी हाँसी निदाउन चाहन्छु ...

August 30, 2022 · 1 min · Yogesh Sharma Neupane

Samjana

सोचेको जैले हुँदैन पूरा, के गर्नु सोचेर मागेको त विशै होला, सम्हाल्नु बुझेर यो कस्तो जालो,सारै अफ्ठ्यारो, माकुरा अल्झिने मायाको बाटो, फर्केकै बेश, स्वार्थ बल्झिने देखको सपना, बुझेको संसार, भोगेको येथार्थ सम्हाल्ननै गारो , यो मेरो मन, फुटेको माथ होला है आराम भनेरै होनी, पौडेको म पनि सोचेको थिन, डुबिन्छ भन्ने , कसरी निस्कनी नाफा र घाटा हुँदैन रैछ, मुटुको व्यापारमा हुँदो त रैछ, गहिरो छाल , यहाँ हरेक चालमा पोखेथे मैले मनको चाह , खुलेरै प्रशंसा सुन्दथ्यो तर कसरी पत्थर, घाउ केवल सहन्छ ...

December 30, 2021 · 1 min · Yogesh Sharma Neupane