भिन्न भिन्न
ऊ पानी म आगो, हाम्रो जात मिलेन ऊ भोगी म भोको, हाम्रो साथ मिलेन मेरो आसु मेरो परिचय थियो ऊ खुसीहरुको पर्याय थियो म मासु लुस्ने, ऊ साग रुचाउने संगत कसरी बक्लिन्थ्यो, जब भाग मिलेन म उसमा खोट भेट्थे, आफू भित्र रोग देख्थे उसँग सपना थिए, म निरासाको सिरक भित्रै लुकिरन्थे म ईश्वर खोज्दथे, ऊ ईश्वर देख्दथ्यो ऊ उत्साह, म निरिह, हाम्रो थान मिलेन बाक्लिदै थियो सम्बन्धमा बादल, विश्वासको आकाश छोपिएपछी रंगिदै थियो एउटा बिरामी, मृत्युको एक दिन अगाडि बल्दै थियो किन दियो, निभ्नु अघि त्यति बढी सुक्दै थियो आशाको मुहान, भोगेपछि जिउनुको महँगी ...