Aastha

मानिसहरुको आस्था ईश्वर प्रति कति धेरै हुन्छ है, एउटा ७० नाघेका बुवा , ५००-१००० को लाइनमा हुनुहुन्थ्यो, मैले सोधें हजुर आराम गर्नुस्, अनि पछि परिवार छिर्ने बेलामा जाँदा हुदैँन? उहाँले आफ्नो धर्म खेर जाने तर्क राख्नुभयो। म सोचें, जीवन भरिका पाप मन्दिर आउँदैमा पखालिन्छ र? मठ मन्दिर, चर्च मश्चिद, देव मूर्ति त आस्थाका प्रतीक मात्र त हुन्, धर्म त आफ्नै कर्म हुनुपर्ने । नत्र जीवन भरी भ्रष्ट, शोसक अनि हिंसक भएका, मर्ने बेला गंगा स्नान गरेर स्वर्ग पुग्छन्? फेरि स्वर्ग नर्क त मन भित्रै छ, यही जीवन मै छ। मन लाई स्वस्थ राख्न सके, खुसियाली त आफैमा बसेको हो । हिजो भेट हुने कति भक्तजनहरु जीवनमा केही अप्ठ्यारा परेर देवी पुकार्दै थिए, कति भाकल पूरा भएर कुखुरा, बाख्रा डोर्याउदै थिए। कति बली को पक्ष विपक्ष मा तर्क केलाउँदै थिए । म घन्ट को आवाज मा आफैलाई खोज्दै थिए । भीडका अनेक पात्र को आँखा बाट बेग्लै बेग्लै संसार हेर्दै थिए, म बिस्तारै मौन हुँदै गए। अनि त्यहाँ थिएन न जात को कुरा, कहाँ थियो लिङ्ग, धर्म , भेग अनि रूप को विभेद, साना नानी देखि चाउरी परेका लौरी हरु सँगै सँगै प्रतीक्षा मा थिए, देवी भेट्ने अनि आफ्नो भाग माग्ने प्रतीक्षामा। फेरि म सोच्न पुगे, हैन सबै जना समस्या बोकेर आएका छन्, देवीले क कसको इच्छा पूरा गर्लिन् ? मलाई केही माग्नै मन लागेन ।