Samjana

सोचेको जैले हुँदैन पूरा, के गर्नु सोचेर
मागेको त विशै होला, सम्हाल्नु बुझेर
यो कस्तो जालो,सारै अफ्ठ्यारो, माकुरा अल्झिने
मायाको बाटो, फर्केकै बेश, स्वार्थ बल्झिने

देखको सपना, बुझेको संसार, भोगेको येथार्थ
सम्हाल्ननै गारो , यो मेरो मन, फुटेको माथ
होला है आराम भनेरै होनी, पौडेको म पनि
सोचेको थिन, डुबिन्छ भन्ने , कसरी निस्कनी

नाफा र घाटा हुँदैन रैछ, मुटुको व्यापारमा
हुँदो त रैछ, गहिरो छाल , यहाँ हरेक चालमा
पोखेथे मैले मनको चाह , खुलेरै प्रशंसा
सुन्दथ्यो तर कसरी पत्थर, घाउ केवल सहन्छ

उसको रोदन , हिजोको छाया, बाच्दैछ कसरी
डुबेको घाम, निस्कने प्रहर , तम्सिन्छ जसरी
मिचेको सीमा, निभेको दियो, पुजने को हो नि
प्रेम को कथा, प्रेमी लाई सोथ, उत्तर सय थरी